काठमाडौं, बैशाख १६ – जनकपुरस्थित रत्नसागर मन्दिरको महन्त बैकुण्ठ दास बैष्णवको ‘महन्त’ पद खारेज गरेको छ ।
सर्वोच्च अदालतको इजलास नम्बर ७ मा भएको संयुक्त फैसलाबाट बैकुण्ठ दासको महन्त पद खारेज गरेको हो ।
इजलास नम्बर ७ मा न्यायाधीश डा. आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानले संयुक्त रुपमा महन्त पद खारेजीको फैसला गरेको छ ।
गुठी संस्थान र स्थानिय रामानन्द युवा क्लबले बैकुण्ठ दास बैष्णवविरुद्व ६ वर्षअघि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
बैकुण्ठ दास भारतीय नागरिक रहेको र मन्दिरको जग्गाहरु धमाधम बिक्री वितरण गरेको आरोप लाग्दै आएको छ ।
उनले हजारी जनक विद्यापिठ विद्यालयको जग्गा समेत किर्ते जालसाजी गरि बेचेको आरोपमा उच्च अदालत जनकपुरमा मुद्दा समेत दायर छ ।