काठमाडौं, बैशाख १७ गते । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको अमर यादव नेतृत्वको मधेश तराई फोरम नेपाल नेकपामा समाहित भएको छ ।

नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममार्फत यादव नेतृत्वको सिंगो पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रचण्डले संविधान गतिशील दस्तावेज भएको बताए । उनले भने,, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’
अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताउँदै संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिए ।

उनले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राखे । सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तयार मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
यसैबीच मधेस तराई फोरम नेपालका अध्यक्ष यादवले संविधानमा देखिएका असन्तुष्टि नेकपा र नेकपा नेतृत्वको सरकारले सम्बोधन गर्ने विश्वासका साथ यो निर्णयमा पुगिएको विज्ञप्तिमार्फत जनाएका छन् ।