हरेक महिना सेनेटरी प्याडमा करोडौंँको ठगीएउटै प्याडमा १५ रुपैयाँ बढी तिर्दा महिनामा साढे दस करोडको ठगी, सरकार मौन
काठमाडौं । महिनावारी हुँदा बग्ने रगतको व्यवस्थापनका लागि सेनिटरी प्याड हरेक महिलाका लागि अत्यावश्यक सामग्री हो । गाम्रीण भेगमा अझैपनि धेरै महिलाले महिनावारीका बेला कपडाको प्रयोग गर्छन् । शहरी क्षेत्रमा झन्डै ९० प्रतिशत महिलाले प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यमा एकरुपता नहुँदा करोडौँ ठगी हुने गरेको छ ।
कालिकोट शुभकालिका ६ का २७ वर्षीया अप्सरा बोगटी रजस्वला अर्थात् महिनावारी हुन थालेको १४ वर्षभन्दा बढी भयो । महिलाहरूले पेन्टी लगाउने चलन थिएन । महिनावारी हुँदा बग्ने रगत लुकाउनै समस्या । बाहिर हिडडुल गर्न पनि गाह्रो ।
पहिलेको समय सम्झदै बोगटीले भन्नुभयो, ‘रगत बगिरहने, पेन्टी पनि पाएका थिएनन् महिलाले । बजारमा पनि आएको थिएन, त्यो बेला त ।’
बोगटीले अगाडी थप्नुभयो, ‘अहिले त प्याड आएको छ, काम गर्न, बाहिर जान, यताउती हिड्न, बस्न, काम गर्न सजिलो भएको छ । सुरुमा त प्याड कसरी प्रयोग गर्ने भन्ने पनि थाहा थिएन । अहिले त प्याड लगाउने चलन आयो, पेन्टी सबैले लगाउन थाले । धेरै सजिलो छ ।’
गाम्रीण भेगमा अझैपनि धेरै महिलाले महिनावारीका बेला कपडाको प्रयोग गर्छन् । शहरी क्षेत्रमा झन्डै ९० प्रतिशत महिलाले प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यमा एकरुपता नहुँदा करोडौँ ठगी हुने गरेको छ ।
अमरगढी ५ डडेलधुराका पार्वती विष्टले महिनावारी सुरु भएदेखि नै सेनेटरी प्याड प्रयोग गर्न थाल्नुभयो । तर किन्नका लागि अभिभावकको भर पर्नुपर्ने विद्यार्थी जीवनमा प्याड त्यति सजिलै पहुँचमा छैन ।
विष्ट भन्नुहुन्छ, ‘स्कुल जाने विद्यार्थी हौं, प्याड लगाउँदिनँ भनेर पनि हुँदैन । जतिसुकै महङ्गो भएपनि किन्नै पर्ने हुन्छ ।’ एउटै कम्पनीको उही प्याड पसलै पिच्छे १० रुपैयाँसम्मको फरक पाइन्छ ।
विस्पर अल्ट्रा क्लिन नामको प्याड काठमाडौंका खुद्रा पसलमा ७० रुपैयाँमा बिक्रि हुन्छ । एकैपटक ५० वटा किने प्रतिगोटा ६२ रुपैयाँमा दिन विक्रेता तयार हुन्छन् । त्यही प्याड मकवानपुर पुग्दा ७५ रुपैयाँमा किन्नुपर्छ ।
नेपालमा औषधि पसल, व्यापारिक केन्द्र, श्रृङ्गारका सामग्री बिक्री हुने पसलदेखि पार्लर र किराना पसलले पनि सेनेटरी प्याड राख्छन् । एउटै प्याडमा १५ रुपैयाँसम्म नाफा लिइरहेको भेटिएको छ ।
बिक्रि मूल्य नतोकिएका सामग्री बिक्रीमा राख्न पाइंदैन । बिक्री मूल्य नतोकिएका र कम गुणस्तरका सेनेटरी प्याड भने खुलेआम विक्रि भइरहेका छन् ।
नेपालमा औषधि पसल, व्यापारिक केन्द्र, श्रृङ्गारका सामग्री बिक्री हुने पसलदेखि पार्लर र किराना पसलले पनि सेनेटरी प्याड राख्छन् । एउटै प्याडमा १५ रुपैयाँसम्म नाफा लिइरहेको भेटिएको छ ।
बुटवल, नारायणघाट, हेटौडा, विराटनगर, काठमाडौं लगाएतका ठाउँका महिलाले यो विषयमा उजुरी गरे । तर कारबाही कसैलाई भएन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सहायक सूचना अधिकारी खगेन्द्रराज जोशी अनुगमनका क्रममा उजुरीमा भनिएजस्तो कमसल सामान नभेटिएकाले कारबाही गर्न नसकिएको बताउनुहुन्छ ।
जोशीले भन्नुभयो, ‘मूल्य लेख्नैपर्छ, लेबल राख्नैपर्छ, मूल्य नराखी कुनैपनि सामग्री बेच्न पाइदैन ।’
नेपालमा आयात हुने सेनेटरी प्याड सबैभन्दा बढी भारत र चीनको हो । त्यो बाहेक जर्मनी, बेल्जीयम, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, फिलिपिन्सल इटाली, टर्की, नेदरल्याण्ड, बेलायत, भियतनाम, युगान्डा लगाएतका देशबाट पनि प्याड आउँछ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा नेपालले एक अर्ब ७३ करोडको सेनेटरी प्याड आयात गरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा नेपालले एक अर्ब ७३ करोडको सेनेटरी प्याड आयात गरेको छ ।
महिनावारी आफैंमा संवेदनशील अवस्था हो । तर यो समयमा आवश्यक पर्ने सेनेटरी प्याडलाई सरकारले अत्यावश्यक सामग्रीको सूचीमा राखेको छैन । यसमा लाग्ने कर पनि उच्च छ, जसले गर्दा प्याड महङ्गो छ । अत्यावश्यक सामग्रीको सूचमिा नभएका कारण अनुगमनको प्राथमिकतामा पनि परेको छैन ।
भन्सार विभागका अनुसार सेनेटरी प्याडमा ३० प्रतिशत कर लगाइएको छ । विभागका सूचना अधिकारी शिशिर घिमिरेले भन्नुभयो, ‘मैले थाहा पाएसम्म नेपालमा पनि सेनेटरी प्याड उत्पादन गर्ने केही उद्योगहरु छन्, उनीहरुले बनाएको भन्दा बाहिरबाट आएको सस्तो भयो भने ति उद्योगहरु चल्न सक्दैनन् भनेर पनि होला । आयातमा ३० प्रतिशत कर लाग्ने भनेपछि महङ्गो त महङ्गो नै रहेछ ।’
सेनेटरी प्याडमा लाग्ने कर कम गर्ने विषयमा घिमिरेले भन्नुभयो, ‘अहिले बजेटको समय छ, बजेटको समय भएकोले यतिबेला यो छलफलको विषय हुन सक्छ । छलफल गर्न सकिन्छ, यो उपयुक्त समय हो । ’
बजारमा पाइने सेनेटरी प्याडको न्यूनतम मूल्य ४५ छ । युनिसेफले २ वर्षअघि गरेको सर्वेक्षण अनुसार नेपालमा हरेक महिना ७० लाख सेनेटरी प्याड खपत हुन्छ । एउटा प्याडमा १५ रुपैयाँ बढी तिरिँदा हरेक महिना नेपाली महिलाले साढे १० करोड बढी पैसा तिर्नुपरिरहेको छ ।
नेपालका कति प्रतिशत महिलाले सेनेटरी प्याडको प्रयोग गर्छन् भन्ने तथ्यांक कतै छैन । एकजना महिला औसतमा जीवनकालभरि ४ सय ३२ पटक महिनावारी हुन्छीन् । यसो हुँदा करिब २ लाख रुपैयाँ सेनेटरी प्याडमा मात्रै खर्च हुन्छ ।
एक त बढि करका कारण बाहिरबाट आउँदा नै मूल्य बढि छ । त्यसमाथि मुल्यमा एकरुपता नहुँदा नेपाली महिलाहरु दोहोरो मारमा परेका छन् ।
सीआईएनले यस विषयमा खोजि गरेपछि स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले सेनेटरी प्याडमा लाग्ने भन्सार कम गर्न र नेपालमै प्याड उत्पादनका लागि मनत्रालयले पहल गर्ने बताउनुभयो ।
सीआईएनसँग कुरा गर्दै स्वास्थ्य राज्यमन्त्री यादवले भन्नुभयो, ‘यो विषय उठान गर्नुभयो तपाईहरुले, म के भन्न चाहान्छु भने सेनेटरी प्याडलाई अत्यावश्यक सामग्रीको सूचीमा राखेर यसमा लाग्ने कर क मगर्न हामी पहल गछौं । आउँदा दिनमा प्याड उत्पादनका लागि भनेर कोही आउँछ भने स्वास्थ्य मन्त्रालयबाट हुनसक्ने सम्पूर्ण सहयोग गछौं हामी ।’
नेपालका कति प्रतिशत महिलाले सेनेटरी प्याडको प्रयोग गर्छन् भन्ने तथ्यांक कतै छैन । एकजना महिला औसतमा जीवनकालभरि ४ सय ३२ पटक महिनावारी हुन्छीन् । यसो हुँदा करिब २ लाख रुपैयाँ सेनेटरी प्याडमा मात्रै खर्च हुन्छ ।
धेरै महिलाले सामाजिक सञ्जाल र अन्य माध्यमबाट हरेक महिना सेनेटरी प्याडका लागि ४ देखि ५ सय रुपैयाँ खर्च गर्न समस्या हुने भन्दै कम मूल्यमा गुणस्तरीय प्याड उपलब्ध गराउन सरकारसँग माग गरिरहेका छन् ।
धेरै महिलाले सामाजिक सञ्जाल र अन्य माध्यमबाट हरेक महिना सेनेटरी प्याडका लागि ४ देखि ५ सय रुपैयाँ खर्च गर्न समस्या हुने भन्दै कम मूल्यमा गुणस्तरीय प्याड उपलब्ध गराउन सरकारसँग माग गरिरहेका छन् ।
अघिल्लो वर्ष पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुरक्षित सेनेटरी प्याडको अभावमा महिलाहरु यौनजन्य संक्रमणको जोखिममा पर्नसक्ने भन्दै कम मूल्यमा गुणस्तरीय सेनेटरी प्याड उपलब्ध गराउनुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुक र टुइटरमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो ।
केही समय अघि बीबीसीले एशियाका विभिन्न १८ देशको तथ्यांक हेर्दा महिलाहरु महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोश्रो स्थानमा रहेको विश्लेषण सार्वजनिक गरेको थियो ।