• The Public Today
  • सिंहदरबार कब्जा गर्ने हैसियत हाम्रो पार्टीले राख्छ : मुख्यमन्त्री राउत


    काठमाण्डौ, बैशाख २३ – सिंहदरबार कब्जा गर्ने हैसियत आफ्नो पार्टीले राख्ने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभएको छ ।

    नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभालाई सम्बोधन गर्दै पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

    पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबै तिर पार्टी फैलिएको र आगामी दिनमा एक नम्बर पार्टी बन्ने पनि उहाँले दाबी गर्नुभयो । कांग्रेस र नेकपाजस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन पनि उहाँले चुनौती दिनुभयो ।

    अहिले संघीयता, सुशासन र लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउन अहिले ठूला दलहरुबाटै समस्या आइरहेको भन्दै उहाँले संघीयता स्थापित गराउनुपर्छ भनेर मुख्यमन्त्रीको रुपमा आफू लडिरहेको बताउनुभयो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस