नागरिकता बनाउन घुस लिने कम्प्यूटर अपरेटर पक्राउ

द पब्लिक टुडे समाचारदाता
महोत्तरी,
बैशाख २४ गते । ईलाका प्रशासन कार्यालयका रामगोपालपुरका कम्प्यूटर अपरेटर चार हजार घुस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अशोक कुमार सिंह छन् ।

उनलाई बर्दिबास स्थित अख्यिायर कार्यालयबाट खटि गएको टोलीले कार्यालयबाटै पक्राउ गरिएको हो ।

सेवाग्रहीसँग नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहज गराई दिने बाप्त घुस लिदैं गर्दा कार्यालयबाट पक्राउ परेका अख्यियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका प्रमुख शिवराम न्यौपानेले जनाए ।

पीडितले गरेको उजुरीको आधारमा उनलाई कार्यालयबाट लिएको घुस सहित पक्राउ गरिएको प्रमुख न्यौपानेले बताए ।