पाँच बर्षसम्म बन्दी बनाएर बलात्कार

विराटनगर, बैशाख २८ : अहिलेको समयमा पनि पाँच वर्षसम्म कोही कसैको बन्दी बन्न सक्छ ? यस्तै भएको छ विराटनगर रानीकी ३६ वर्षीया एक महिलामाथि। 

उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको दुई वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छोडेर श्रीमान् विदेश गए। श्रीमन् विदेशमै रहेका वेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर पाँच वर्ष बन्दी बनाएर राखे। बन्दी अवस्थामै उनले छोरा जन्माइन्। २०६१ सालमा जन्मिएको छोरा १४ वर्षको भइसक्यो तर जन्मदर्ता हुन सकेको छैन।

‘अहिलेको अवस्थामा पनि कोही कसैको बन्दी बन्न सक्छ र भन्ने लाग्ला मान्छेहरूलाई’, उनले भनिन्, ‘मैले भोगेको छु। उसले मलाई पाँच वर्षसम्म थुनेर राख्यो। बन्दी अवस्थामै छोरा पाएँ। अहिले घरनिकाला गर् यो।

मलंगवाका धनाढ्य परिवारका छोरा सुरेन्द्रले श्रीमती हुँदाहुँदै उनलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन्। राजनीतिक आड पाएका सरेन्द्रसँग गाउँका मान्छे मात्रै नभई परिवारका सदस्यसमेत डराउने गरेको उनले बताइन्।

पाँच वर्ष बन्दी हुँदा पनि कसैले सहयोग नगरेको र झुक्याएर श्रीमानसँग सम्बन्धविच्छेद गराइदिएको उनले बताइन्। त्यसबीच दुईपटक भागेर न्याय माग्न पुगेपनि पुनः सुरेन्द्रकै जिम्मा लगाएर पठाएको उनले बताइन्। ‘रक्सी खाएर दिनदिनै उसले मलाई बलात्कार गथ्र्यो’, उनले भनिन्। कान्तिपुर दैनिक मा समाचार छ ।

Scroll to Top