जानकी मन्दिर भित्र गाडी पार्किंग

जनकपुरधाम, जेठ १ : विश्वका चर्चित धेरै धामिर्क तथा एतिहासिक मन्दिरमा जुत्ताचप्पल बाहिरै फुकाल्नुपर्छ । फोटो समेत खिच्न पाइदैन । झन् सवारी पार्किंगको कुरै नगरौं । त्यो त सय मिटरभन्दा परै गर्नुपर्छ । तर विश्वका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र एवं चर्चित जनकपुरधामको जानकी मन्दिरमा जुत्ताचप्पल, कुकुर गर्भगृहम भित्रसम्म पुग्ने गरेको छ ।

पछिल्लो समय त मन्दिर भित्रै सवारी पार्किंग समेत गर्न थालिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्षको उदासिनता भनौ अथवा दादागिरी महन्तका आसेपासेहरुले मन्दिरभित्र जुत्ता चप्पल मात्र होइन पार्किंग समेत गर्न थालेका छन् ।

भर्खरै सम्पन्न जानकी नवमीमा एउटा भारतीय नम्बरप्लेटको कार जानकी मन्दिरको भित्र पार्किंग गरेको फेला परेको छ । यधपि उक्त कार कसको हो भन्ने खुलेको छैन । तर महन्तकै आसेपासेको हुन सक्ने स्थानीय युवाहरुले दावी गरेका छन् ।

यता जानकी मन्दिर व्यवस्थापन पक्षले पार्किंग गरिएको गाडी कस्को हो भन्ने पहिचान नभएको दावी गरेको छ । प्रदेश सरकारले समेत मन्दिर सौन्दर्यकरणको काम गर्ने गरेकाले बाहिरका गाडीहरु समेत मन्दिरभित्र प्रवेश गराउने गरेको जनाएको छ । मन्दिरकोद्वारमा खट्ने सुरक्षा गार्ड पर्याप्त नभएको कारणले पनि मनलागि केहि मान्छेले जुत्ता चप्पल सहित गाडी पनि भित्र पसाउने गरेको व्यवस्थापन पक्षेको भनाई छ । र गार्ड भएको बेला पनि कतिपयले हप्काएर मन्दिर भित्र गाडी छिराउने, पार्किंग गर्ने जस्ता कार्य गरिरहेको जनाएको छ ।

जानकी मन्दिरमा अहिले पनि विशिष्ट पाहुना आउँदा पाहुनासंग आउने सुरक्षाकर्मीहरु गर्भगृहभित्र समेत जुत्ता र कुकुर लिएर पस्ने गरेका छन् । गर्भगृहको फोटो खिच्न मनाही छ । तर जो सुकैले सहजै फोटो खिच्ने गरेको दृश्य देख्न सकिन्छ ।

Scroll to Top