विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डको सानदार जित

England's Jason Roy (L) speaks with teammate Joe Root during the 2019 Cricket World Cup group stage match between England and South Africa at The Oval in London on May 30, 2019. (Photo by Dibyangshu SARKAR / AFP) / RESTRICTED TO EDITORIAL USE

द पब्लिक टुडे समाचारदाता
महोत्तरी, जेष्ठ १७ गते :
आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो ।

लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनायो । कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे ।

जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने ओयन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्टोक्सबीच चौथो विकेटका लागि १०६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउँदा मोइन अलीले मात्र तीन रन जोडे । बेन स्टोक्सले ८९ रन बनाए । यस्तै क्रिस वोक्सले १३ रन थपे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले २ र लुंगी एनगिडीले ३ विकेट हात पारे । त्यस्तै कागिसो रबाडाले २ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा २०७ रनमा अलआउट भयो । उसका लागि क्विण्टन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए । तर अरु खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार ब्यहोर्यो ।

बलिङतर्फ इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिए । विश्वकप २०१९ को दोस्रो खेल शुक्रबार पाकिस्तान र वेस्ट इन्डिजबीच हुनेछ।

Scroll to Top