इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्दैनन् : प्रकाशमान सिंह

फाइल फोटो

काठमाडौं, जेष्ठ २६ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई जनाले विश्वास गर्न नसक्ने बताएका छन् ।

सुर्खेतमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले २००७, २०३६ र २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने भन्दै अब सच्चिनु पर्ने बताएका हुन् ।

पार्टीर्लाई विधि विधानअनुसार चलाउनु पर्ने, नयाँ संरचनामा जानु पर्ने र आन्तरिक कलह समाप्त पार्नुपर्ने उनको भनाइ छ । जागरण अभियानका क्रममा कार्यकर्ताहरुले पार्टीलाई संस्थागत सुधार गर्नुपर्ने र आन्तरिक कलहको मेटाउनुपर्ने सुझाव दिएको भन्दै उनले त्यसतर्फ नेतृत्व गम्भीर हुनु पर्ने औंल्याए ।

Scroll to Top