८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो

जेठ २८ : आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ ।

[custom-facebook-feed]

पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ ।
विमानमा भारतीय सेनाका १३ जना रहेका थिए । यसमा रहेका सेनाको अवस्थाका बारेमा भने जानकारी लिने प्रयास भैरहेको छ ।

यो जहाज गएको जुन ३ मा असमको जोरहाटबाट उडान भरेको थियो । उडान भरेको आधा घण्टामै जहाज सम्पर्कविहीन भएको थियो ।

Scroll to Top