महोत्तरीको जलेश्वर ट्राफिक कार्यालयमा आगजनी



द पब्लिक टुडे
गौशाला, भदौ २६ गते ।

महोत्तरीको जलेश्वरस्थित ट्राफिक प्रहरी चौकीमा आगजनी भएको छ ।

जलेश्वरस्थित बस स्टैण्ड नजिकै रहेको ट्राफिक कार्यालय जलेश्वरमा अज्ञात व्यक्तिहरुको समुहले आगजनि गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक हेरम्ब शर्माले बताएको छ ।

बिहिबार दिउँसो १ः३० वजेको समयमा केहि संख्यामा आएको समूहले पेट्रोल छर्केर आगजनि गरेको प्रहरी उपरिक्षक शर्माले बताए । आगजनीबाट एक थान कम्प्युटर र कार्यालयका कुर्सी टेवल डढेर खरानी भएको उनले बताए ।

घटनाको खवर पाए लगतै पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिले आगलागि नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी उपरिक्षक शर्माले बताए ।

आगजनी गर्ने समूहको खोजि कार्य तिव्र पारिएको र सिसिटिभी फुटेज लगायतको कोणबाट घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

Scroll to Top