नेपाललाई जिम्बाब्वेले दियो १३० रनको लक्ष्य



काठमाडौँ, माघ १० गते ।

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा घरेलु टोलीसामु जितका लागि जिम्बाब्वेले १ सय ३० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको हो।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे।

जिम्बाब्वेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन्। विलभ्ड विजाले ३४ रन बनाइन्।

नेपालले आजको खेलमा जित निकाले सुपर सिक्स खेल्ने सम्भावना जिवित राख्नेछ। हारले सुपर ६ को सम्भावना सकिनेछ।

लगातार ३ खेलमा हार भोगेको जिम्बाब्वे समूह चरणको अन्तिम खेल खेल्दैछ।

Scroll to Top