कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा



काठमाडौँ, वैशाख ३ गते ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दादेर्है’ मा राखिएको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको हो ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।

Scroll to Top