लेखकको गृहनगरमा एमाले र कांग्रेसको संयुक्त प्रदर्शन



कञ्चनपुर, चैत १४ गते ।

पूर्वगृहमन्त्री रमेश लेखकको गृहनगरमा नेकपा (एमाले) र नेपाली कांग्रेसले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन्।

शनिबार अपराह्न एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताले महेन्द्रनगरमा प्रदर्शन गरेका छन्। दुवै दलका नेता तथा कार्यकर्ता आ(आफ्नो पार्टीका झण्डा बोकेर सडकमा आएका हुन्।

उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रतिशोध साँधेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका हुन्। नेपालखबर

Scroll to Top