काठमाडौँ, चैत १५ गते ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्।
आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो। उनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको सांसद युवराज दुलालले जानकारी दिए।
भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो।





