मटिहानी को १७औं नगरसभा आज, तयारी पुरा

फाइल फोटो



द पब्लिक टुडे
गौशाला, असार ३ गते ।

मटिहानी नगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गर्दैछ ।

आज हुने १७औं नगरसभामा अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।

सभामा नगर प्रमुख हरि प्रसाद मण्डलले पालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले एक कार्यक्रम बीच समुद्घाटन गर्ने कार्यक्रम रहेको मटिहानी नगरपालिका कार्यालयले जनाएको छ ।

यता, सभाको सम्पूर्ण तयारी पुरा भएको मटिहानी नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत अर्जुन कुमार मण्डलले बताए ।

Scroll to Top