ललितपुर, असार १५ गते ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिएको छ ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने धारणा व्यक्त गरिएको छ ।
संयोजक दाहालले रोपाइँको मुख्य समयमा किसानले सहज रूपमा रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री प्राप्त गर्ने वातावरण सुनिश्चित सरकारलाई सुझाव दिनुएको छ ।
उनले कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि र किसानप्रतिको सम्मान बढाउने, उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने तथा कृषि क्षेत्रको समग्र विकासमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।





