आज साउनको पहिलो सोमबार, ‘मधेशको कैलास’ टुटेश्वरनाथ मन्दिरमा श्रद्धालुको घुँइचो



गोपालप्रसाद बराल
बर्दिबास, साउन ४ गते ।

यसपालिको साउने मेलाको आज पहिलो सोमबार । महोत्तरीको बर्दिबास–५ टुटेश्वर सिरानको चुरे पर्वत श्रेणीको थुम्को अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालु खचाखच छन् ।

साउन हिन्दू परम्पराका आराध्य देव शिवजीको अत्यन्त प्रिय महिना मानिन्छ । यो महिनाको सोमबारको त झन विशेष महिमा छ । साउने बोलबम मेला स्थापित पर्व परम्परा नै रहँदै आएको छ ।

यसै परम्पराको निरन्तरताअनुसार आज ‘मधेशको कैलास’ र ‘नेपालको बाबाधाम’ पनि भनिने टुटेश्वरनाथमा श्रद्धालुको लाम छ । टुटेश्वरनाथ शिवलिङ्ग अति प्राचीन मानिन्छ । यसलाई त्रेतायुगका विदेहराज शिरध्वज जनकको समयसँगै बुढापाकाले जोड्ने गरेका छन् । अझ पछि द्वापर युगमा त वनवासमा रहेका पाण्डव गुप्तबास जानअघि भगवान शिवको यहीं आशिर्वाद पाएका यहाँ विश्वास गरिन्छ ।

तस्बीरहरूः राजकरण महतो/द पब्लिक टुडे

Scroll to Top