पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि पूर्ण बन्द



काठमाडौं, भदौ २१ गते ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज दोस्रो दिन पनि २ घण्टा पूर्ण रूपमा बन्द रहने भएको छ।

१० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि मर्मतका लागि राजमार्ग बन्द गरिएको धादिङ प्रशासनले जनाएको छ ।

बाढीले राजमार्गमा क्षति गरेपछि सडक एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।

मर्मत अवधिभर अत्यावश्यक सवारीसाधन (एम्बुलेन्स र शववाहन) बाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रशासनले शनिबार पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर सडक मर्मतको काम गरेको थियो ।

सडक मर्मतको काम नसकिएपछि प्रशासनले आज पनि आवगामन पूर्ण रूपमा रोकेर सडक मर्मतको कामलाई तीव्रता दिएको हो ।

प्रशासनले सडक बन्द हुँदा यात्रु तथा सवारीचालकहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सबैमा अनुरोध गरेको छ।

Scroll to Top