सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल र एक किलो चरेस बरामद



धनगढी, भदौ २१ गते ।

कैलालीमा सशस्त्र प्रहरीले चरेससहित कटुवा पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरिएको जनाएको छ ।

सशस्त्र प्रहरीकाअनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा पेस्तोल र लागुऔषध चरेस फेला परेको थियो ।

बरामद सामग्री थप अनुसन्धान स कारवाहीका लागि शनिबार नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Scroll to Top