सिरहामा दुई पक्षबीच झडप, २ जना घाइते



सिरहा, साउन १४ गते ।

सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । सुनसरीमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा परेको हो । स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ ।

प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएको छ ।

केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए । आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।

Scroll to Top