रेड नोटिस जारी भएका धनुषाका राईन कतारबाट पक्राउ

File Photo



काठमाडौं, साउन २५ गते ।

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका–५ ठेगाना भएका मो. ताहिर राईन छन् । एनसीबी कतार दोहाको समन्वयमा उनी कतारमा पक्राउ परेका हुन् । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ साउन १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Scroll to Top