गृहमन्त्री गुरुङ र मधेसका सांसदहरूबीच के भयो कुरा ?



काठमाडौं, साउन २५ गते ।

गृहमन्त्री सुधन गुरुङले उद्योगमन्त्री गौरी यादवसहित मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

मधेसमा हालै घटेको घटनालगायत समसामयिक विषयमा सोमबार गृह मन्त्रालयमा मधेस प्रदेशका सबै दलका सांसदहरूसँग उनले छलफल गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा भण्डारीले छलफल पटक(पटक हुने गरेको धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन हल कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको बताइन् ।

उनका अनुसार छलफलमा गृहमन्त्री गुरुङले मधेसमा उत्पन्न हुने तनावको हल कसरी गर्न सकिन्छ रु भन्नेबारे सांसदहरूसँग सुझाव लिएका छन् ।

‘गृहमन्त्रीज्यूले मधेस प्रदेशमा हुने गरेका धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन रूपमा कसरी हल गर्न सकिन्छ ? तपाईंहरूको सुझाव चाहियो भन्नुभयो’, उनले भनिन्, ‘आइन्दा यस्तो घटना नहोस् भनेर दीर्घकालीन सोलुसनमा जानुपर्छ भन्नुभयो ।’

सांसद भण्डारीले छलफमा सांसदहरूले हालै सुनसरी, सिरहासहित मधेसका केही जिल्लामा घटेको घटना साम्य पार्ने क्रममा भएको प्रशासनिक कमजोरी औँल्याउँदै सुरक्षा रणनीतिमा सुधार गर्नुपर्ने धारणा राखेको बताइन् ।

भिड नियन्त्रणको क्रममा प्रहरी र स्थानीय प्रशासनबाट भएका कमजोरी र आउने दिनमा ध्यान दिनुपर्ने कुराहरूको विषयमा हामीहरूले सुझवा दिइरहेकौँ छौँ’, उनले भनिन् । न्युज एजेन्सी नेपाल

Scroll to Top