बिजलपुरामा निःशुल्क स्वास्थ्य शिविर जारी



बर्दिबास, साउन २९ गते ।

महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरास्थित डाँडाटोलमा निःशुल्क स्वास्थ्य शिविरमा बिरामिहरुले सेवा लिइरहेको छ । बर्दिबास उद्योग वाणिज्य संघको आयोजनामा श्री जनता माध्यमिक विद्यालय डाँडाटोलको परिसरमा शुक्रबार स्वास्थ्य शिविर सञ्चालन भैइरहेको छ ।

शिविरमा सामान्य स्वास्थ्य परामर्श, सुगर, रक्तचाप तथा मधुमेह परीक्षण, मुटु, हाडजोर्नी तथा नसा रोगसम्बन्धी सेवा निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

त्यसैगरी यूएसजी, ईसीजी, आँखाको जाँच तथा मुख एवं दन्तरोगसम्बन्धी स्वास्थ्य सेवा समेत निःशुल्क प्रदान गरिएको छ ।

स्वास्थ्य शिविरका लागि नेपाल हर्ट फाउन्डेसन महोत्तरी, शुभ स्वस्तिक हस्पिटल प्रालि।, तामाकोशी अस्पताल रामेछाप र रोटरी क्लब अफ बर्दिबासले प्राविधिक सहयोग छ ।

बर्दिबास नगरपालिका वडा नं. १३ र बिजलपुरा रूपान्तरण अभियानले सहकार्य गरेका छन् ।

आयोजकका अनुसार शिविरमा स्थानीय बासिन्दालाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

बर्दिबास उद्योग वाणिज्य संघले स्वास्थ्यप्रति सचेतना बढाउँदै नियमित स्वास्थ्य परीक्षणको आवश्यकता सम्बन्धमा समेत जनचेतना फैलाउने जनाएको छ ।

शिविरको नारा छ– ‘व्यवसायिक स्वास्थ्य हाम्रो प्रतिबद्धता’ । आयोजकले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउन आग्रह गरेको छ ।

Scroll to Top