रोल्पा पहिरोको विषयमा प्रधानमन्त्री बालेनलाई वर्षमानको ध्यानाकर्षण



काठमाडौं, साउन २९ गते ।

प्रधानमन्त्री बालेन शाह र नेकपाका नेता वर्षमान पुनबीच रोल्पा पहिरोको विषयमा छलफल भएको छ। आज शुक्रबार पुनले प्रधानमन्त्री बालेन शाहलाई भेटेर पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाको विषयमा ध्यानाकर्षण गराएका हुन्।

रोल्पाको थवाङमा बुधबार राति पहिरो जाँदा १० जना र सुनछहरी गाउँपालिकामा ३ जनाको ज्यान गएको थियो।

Scroll to Top