स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रतिनिधिबिच शिष्टाचार भेटवार्ता



काठमाडौँ, साउन २९ गते ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का नेपाल प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन्।

मन्त्री मेहताको कार्यकक्षमा शुक्रबार अपराह्न भएको भेटमा उनीहरूबिच महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

मन्त्री मेहताको सचिवालयका अनुसार महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार,परिवार नियोजन तथा लैङ्गिक समानता सुनिश्चितता, मानसिक स्वास्थ्य सेवाबारे पनि छलफल भएको थियो ।

Scroll to Top