मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने



धनगढी, भदौ २ गते ।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका छन् ।

उनको पत्रअनुसार भोलि दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको बैठक बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

उनकाअनुसार कार्य व्यवस्था परामर्श समिति बैठकले समेत बैठक बोलाउने निर्णय गरिसकेको छ ।

Scroll to Top