गरिमा चौधरीका आमा–बुवासँग गृह मन्त्रालयमा छलफल हुने



बारा, भदौ ६ गते ।

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुने भएको छ ।

गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं ल्याइएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार, केहीबेरमा गृह मन्त्रालयमा मन्त्री गुरुङसहितको उपस्तिथितिमा छलफल हुन लागेको हो ।

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।

काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।

Scroll to Top