दक्षिण कोरियाबाट थप ४४ जनाको उद्धार टोली नेपाल आउँदै



काठमाडौं, भदौ १६ गते ।

दक्षिण कोरियाली विपद् राहत टोली बुधबार नेपाल आउने भएको छ । खोज, उद्धार र अन्य राहतका लागि ४४ जनाको टोली नेपाल आउन लागेको हो ।

कोरियाली विपद् राहत टोली (केडीआरटी) मा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका), आगो नियन्त्रक र अन्य गरी ४४ जना नेपाल आउन लागेको कोरिया टाइम्सले लेखेको छ ।

मंगलबार राति कोरियाबाट उड्ने उनीहरु बुधबार बिहान नेपाल आइपुग्ने छन् ।

उद्धारमा आउन लागेको टोली केसी–३३० नामक ट्रान्सपोर्ट विमानमा चढेर नेपाल आउन लागेका हुन् । कोरियाली टोलीले ७०० वटा उपकरण र खोज–उद्धारका लागि पाँचवटा कुकुर ल्याउन लागेका छन् ।

उनीहरूको नेपालमा करिब १० दिन रहेर उद्धार र राहतका कार्य गर्ने कोरिया टाइम्सले लेखेको छ ।

नौ जना कोरियाली नागरिक बाढीबाट हराइरहेका छन् ।

Scroll to Top