काठमाडौं, भदौ २१ गते ।
बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा सात वटा घर र गोठमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार गए राति ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका(८ कोठ्याराका नरे रावल, वडा नम्बर ९ का करे थापा र दिपक बिकको घरमा क्षति पुगेको छ ।
पहिरोले वडा नम्बर(९ का मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारको गोठमा क्षति पुगेको छ ।
घर तथा गोठमा पहिरो खस्दा खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायमा क्षति गरेको प्रहरीले जनाएको छ ।





