विपद्पछिको काममा प्रधानमन्त्री बालेन संवेदनशील हुनुहुन्छ : रवि



काठमाडौं, भदौ ३१ गते ।

रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन् ।

बुधबार सर्वदलीय बैठकपछिको कुराकानीका क्रममा उनले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता नगरेको जिकिर गरे ।

‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गरिएको हो ?’ भनेर एक सञ्चारकर्मीले प्रश्न सोधेका थिए ।

सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले भने, ‘विल्कुल होइन । स्थानीय तहका राजनीतिज्ञ समेत कुरा गरिरहनुभएको छ । प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ, यो उनको संवेदनशीलताको ठूलो उदाहरण हो ।’

उनले पार्टी र सरकारबीच काम बाँडफाँट गरेर अघि बढेको जिकिर पनि गरे ।

‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ । त्यसको डुप्लिकेशन आवश्यक छैन,’ उनले भने, ‘स्थानीय तहको वडाध्यक्षसँग फोनमा कुरा हुने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौं कुरा गर्ने काम गरिरहेको छ । यो प्रश्न कार्यकालभरि नै तपाईंहरू गरिरहनुहुन्छ, यसलाई डम्प हानिदिए हुन्छ ।’

Scroll to Top