बाढीले एक होटलमा क्षतिग्रस्त



बेनी, भदौ २६ गते ।

बेनीनगरपालिका–४ तातोपानीस्थित लेतेखोलामा आएको बाढीले एक होटल क्षतिग्रस्त भएको छ । रातभर परेको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान श्रीस होटेल क्षतिग्रस्त बनेको हो ।

ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ का वडासदस्य समेत रहनुभएका होटल सञ्चालक प्रेम श्रीसले होटलभित्र रहेका सबै सामान पूर्ण रुपमा क्षति भएको जानकारी दिए । बाढीले सडक समेत अवरुद्ध बनाएको छ ।

Scroll to Top