पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले



काठमाडौँ, माघ १९ गते ।

सुख्खा पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका छन्।

आइतबार साँझ ७ बजेर २० मिनेट जाँदा काभ्रेको नमोबुद्ध नगरपालिका–४ एकनम्बर पुलमा सुख्खा पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जेसीबीको सहायतामा पहिरो पन्छाइएको छ।

पहिरो पन्छाएपछि राति करिब १० बजेदेखि सडकमा गाडीहरु चल्न थालेका छन्।

Scroll to Top