काठमाडौँ, चैत १४ गते
प्रदर्शनमा उत्रिएका नेकपा (एमाले)का कार्यकर्तामाथि सिंहदरबार क्षेत्रमा लाठीचार्ज भएको छ।
शनिबार काठमाडौँको माइतीघरबाट नयाँ बानेश्वरतिर लागेका एमाले कार्यकर्ता र प्रहरीबीच बबरमहल क्षेत्रमा तनाव भएको हो। प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरू बबरमहल हुँदै सिंहदरबार गेटसम्म पुगेपछि प्रहरीले लाठीचार्ज गरेको हो।
प्रहरीले लाठीचार्ज गरेपछि एमाले कार्यकर्ताले पनि ढुंगा प्रहार गरेका छन्। प्रर्दशनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौँका ठाउँठाउँमा झडप भएको छ।
प्रहरीको लाठी प्रहारबाट एमालेका केही कार्यकर्ता घाइते भएका छन्। सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।





