गौशाला, असार १५ गते ।
गौशाला–महोतरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड र नेपाली जनजीवनको आधार भएको बताएका छन् ।
धान उत्पादन वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण र जलवायु परिवर्तनका चुनौतीहरूका बीच आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन अभिवृद्धि गर्नु पर्ने यादवले बताए ।
महोतरीको गौशालामा राष्ट्रिय माध्यमिक विद्यालय, कान्तिबजारले सोमबार आयोजना गरेको २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मा शुभकामना दिंदै प्रजिअ यादवले नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन किसान, कृषि प्राविधिक, शैक्षिक संस्था तथा सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।
कृषि क्षेत्रलाई व्यवसायिक, प्रतिस्पर्धी र नाफामूलक बनाउनसके मात्र युवापुस्ताको आकर्षण कृषि पेशातर्फ बढ्ने प्रजिअ यादवले बताए । अन्य व्यवसायप्रति बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै कृषि क्षेत्रको सर्वाङ्गीण विकास, यान्त्रीकरण, बजार व्यवस्थापन तथा उत्पादन लागत न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्ने प्रजिअ यादवले बताए ।
नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन किसान, कृषि प्राविधिक, शैक्षिक संस्था तथा सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । कृषि क्षेत्रलाई व्यवसायिक, प्रतिस्पर्धी र नाफामूलक बनाउनसके मात्र युवापुस्ताको आकर्षण कृषि पेशातर्फ बढ्ने यादवले बताए ।
अन्य व्यवसायप्रति बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै कृषि क्षेत्रको सर्वाङ्गीण विकास, यान्त्रीकरण, बजार व्यवस्थापन तथा उत्पादन लागत न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्ने प्रजिअ यादवले बताए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र महोतरीका प्रमुख देवानन्द राय यादवले जलवायु परिवर्तनका कारण अनियमित वर्षा, लामो खडेरी, आकस्मिक बाढी, अत्यधिक तापक्रम तथा नयाँ रोग कीराको प्रकोपले धान खेतीलाई चुनौती भएको बताए । यस वर्षको धान दिवसको नारा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” अत्यन्त सान्दर्भिक र समयसापेक्ष रहेको बताउदै यादवले चुनौतीको सामना गर्न अब जलबायुमैत्री कृषि प्रविधि अपनाउनु अपरिहार्य भएको उल्लेख गरे ।
महोतरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसंगै धान रोपेर राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका विद्यालयका विद्यार्थी तथा अभिभावकहरुले राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय माध्यमिक विद्यालयको कृषि प्राविधिक धारतर्फ अध्धयरत विद्यलर्थीहरुले सोमबार ‘जलवायु मैत्री प्रविधि धानमा आत्मिर्भरता र समृद्धि’ नाराकासाथ राष्ट्रिय धान दिवस मनाएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, राष्ट्रिय अनुसन्धान महोत्तरीका प्रमुख चन्दन झा, नेपाली सेना महोत्तरीका प्रमुख रामचन्द लामिछाने, कृषि ज्ञान केन्द्र महोतरीका सुचना अधिकारी अविरल कुशवाहा, गौशाला नगरपालिका कृषि शाखा प्रमुख कमलेश यादव, गौशाला नगरपालिकाका वडा नं. १२ का निमित वडा अध्यक्ष सुमिन्त्रा देवी यदाव सहित स्थानीय तहका जनप्रतिनिध, शिक्षक, अभिभावक, सुक्षा निकायका प्रतिनिधिहरु विद्यार्थी संगै अषाढको गित गाउदै रोपाइ महोत्सव मनाएका हुन ।
राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवले कृषि पेशाप्रति सम्मान, व्यावहारिक सिकाइ र खाद्य सुरक्षाको महत्वलाई थप उजागर गरेको सहभागिहरुले बताए ।





