जेनजी आन्दोलनमा कारागारबाट भागेका भारतीय कैदी पक्राउ



द पब्लिक टुडे
गौशाला, साउन २५ गते ।

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका भारतीय कैदी धरानमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानकाअनुसार पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लाको हबिपुरबस्ने ३२ बर्षीय मोहम्मद सहजादा रहेका छन् ।

साहजादा लागुऔषध मुद्दामा पक्राउ परेको र सुनसरी जिल्ला अदालतको ०८२ बैशाख ७ गतेको फैसलाले १ लाख ४० हजार रुपैयासहित ३ बर्ष ६ महिनाको कैद जरिबाना तोकेको थियो ।

अदालतको फैसालअनुसार सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका साहजादा गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौकामा फरार भएका थिए ।

धरान–७ शान्तिपथमा कोठा भाडामा लिएर धरान, इटहरी र विराटनगरमा लागुऔषधको कारोबार, ओसारपसार गदै आएका साहजादालाई पक्राउपछि फेरि झुम्का कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top