• The Public Today
  • तराई मुक्ति मोर्चा राजपामा विलय


    किरण कुमार कर्ण
    जनकपुर, वैशाख २६ गते ।
    – भूमिगत गिरोह चलाउँदै आएका स्वामी बाबाको नेतृत्वको जनतान्त्रिक तराई मुक्ति टाइगर्स पार्टी राष्ट्रिय जनता पार्टी नेपालमा विलय भएको छ ।
    केन्द्रिय अध्यक्ष रामलोचन ठाकुर उर्फ स्वामी बाबाको अगुवाईमा दर्जनौँ नेता तथा कार्यकर्ताहरु राजापा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन बन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार पार्टी प्रवेश गराएका हुन् ।

    कार्यक्रममा मोर्चाका अध्यक्ष ठाकुरसहित उपाध्यक्ष भोला मुखिया, केन्द्रिय महासचिव पुष्पराज राय चमन र केन्द्रिय कोषाध्यक्ष महाबिर प्रसाद यादवलगायतका नेताहरु सहभागी थए ।

    पूर्व सञ्चार मन्त्री समेत रहेका राजपा नेपालका अध्यक्ष मण्डल सदस्य यादवले मधेशी लगायत उत्पीडित समुदायहरुको हक अधिकारका लागि संघर्षरत रहेको जिकिर गर्दै नेपालमा उत्पीडितहरुका हक अधिकार राजपाले मात्र स्थापित गराउन सक्ने दावी गरे ।

    उनले मधेशका सम्पूर्ण शक्तिहरुलाई राजपामा आबद्ध भई अधिकार प्राप्तिको संघर्षमा लाग्न आह्वान समेत गरेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस