बाढीले चार घर र एउटा झोलुङ्‍गे पुल बगायो



काठमाडौं, साउन २९ गते ।

जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो ।

ठूलो बाढीका कारण भेरी करिडोर सडक खण्ड समेत जोखिममा परेको छ ।

वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयहरूले बताएका छन्।

Scroll to Top