काठमाडौं, भदौ ४ गते ।
चोरीका गरगहनासहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरी गर्नेहरु सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ, काठमाडौंका ३६ वर्षीय रवीन मर्जहन र चोरीको गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन छन् ।
उनीहरुले १४ साउनको बिहान साढे ७ बजेतिर बनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाटर गरगहना चोरी गरेको आरोप छ । उनीहरुलाई प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो । उनीहरु विरुद्ध ३ दिनको म्याद थप भएको छ ।
उनीहरुबाट चोरी भएका गरगहना पनि बरामद भएका छन् ।





